काठमाडौं । एनसेलले ‘९० अनलिमिटेड’ र ‘५० डेटा’ नामक दुई नयाँ डेटा प्याक सार्वजनिक गरेको छ । ग्राहकहरूलाई सहज र निरन्तर इन्टरनेट पहुँच उपलब्ध गराउने कम्पनीको प्रतिबद्धताको एक हिस्साको रूपमा यी डेटा प्याक ल्याएको एनसेलले जनाएको छ ।
कर सहित रु ९० मा उपलब्ध ‘९० अनलिमिटेड’ प्याकअन्तर्गत दुई दिनसम्म अनलिमिटेड मोबाइल इन्टरनेटको सुविधा पाउन सकिन्छ । उच्च गतिको इन्टरनेटमार्फत सहज डिजिटल सम्पर्कको अनुभव प्रदान गर्ने लक्ष्यसहित ल्याइएको यस अफरले कामकाजी प्रयोजन, मनोरञ्जन, फिल्म हेर्न, गीत सुन्न वा सामाजिक सञ्जाल प्रयोग गर्न चाहने प्रयोगकर्ताहरूका लागि उपयोगी बन्ने कम्पनीको विश्वास छ । ग्राहकले १२३४१४# डायल गरेर वा एनसेल एपमार्फत यो प्याक किन्न सक्नेछन् ।
‘५० डेटा’ अफरअन्तर्गत कर सहित रु ५० मा १.१ जीबी मोबाइल डेटा प्राप्त गर्न सकिन्छ, जुन तीन दिनसम्म मान्य हुनेछ । न्यून शुल्कमा पर्याप्त डेटा उपलब्ध गराउने यो प्याक इन्टरनेट ब्राउजिङ, डिजिटल कारोबार तथा मनोरञ्जनका लागि उपयुक्त रहेको कम्पनीको भनाइ छ । ग्राहकले १२३४२१# डायल गरी वा एनसेल एप प्रयोग गरी यो प्याक एक्टिभेट गर्न सक्छन् ।