close

आईटी सहितका विषयमा छात्रवृत्तिका लागि तत्काल आवेदन दिन प्रधानमन्त्रीको आह्वान

टेकपाना टेकपाना

फागुन १३, २०८१ १४:४

आईटी सहितका विषयमा छात्रवृत्तिका लागि तत्काल आवेदन दिन प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा मन्त्रालयबाट विभिन्न विषयमा छात्रवृत्तिका लागि आवेदन माग गर्दा पनि सिट खाली रहेको भन्दै तत्काल आवेदन दिन आह्वान गरेका छन् । मङ्गलबार आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै प्रधानमन्त्री ओलीले आवेदन दिन आग्रह गरेका हुन् । 

यस अन्तर्गत स्नातक तहको एमबीबीएसमा एक जना, स्नातकोत्तर तहको इन्जिनियरिङमा सात जना, कृषिमा तीन जना, पीएचडी इन्जिनियरिङमा एक जना, भेटेरिनरीमा एक जना, सूचना प्रविधिमा चार जना, मेडिकल साइन्समा दुई जना र संरक्षण विषयमा एक जनाको सिट खाली रहेको छ ।

प्रधानमन्त्री ओलीले इच्छुक विद्यार्थीहरूलाई एक-दुई दिनभित्रै छात्रवृत्तिका लागि आवेदन दिन आग्रह गरेका छन् । योग्यता पुगेका विद्यार्थीले ईमेल ठेगाना [email protected] आफ्नो जानकारी पठाउनु पर्नेछ ।

पछिल्लो अध्यावधिक: फागुन १३, २०८१ १४:१४