काठमाडौं । मोबाइल सेवाप्रदायक एनसेल ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स–२०२४’ बाट सम्मानित भएको छ । मंगलबार आयोजित चौथो एचआरएम कर्पोरेट एक्सिलेन्स अवार्डमा एनसेललाई यो सम्मान दिइएको हो ।
नेपाल र नेपाली समुदायमा दूरसञ्चार सेवाको योगदान र समर्पणलाई मान्यता दिएको भन्दै एनसेललाई बहुराष्ट्रिय कम्पनीको विधामा उक्त अवार्ड प्रदान गरिएको हो ।
एनसेलकी मार्केटिङ, कम्युनिकेशन एन्ड सस्टेनेविलिटी इन्टरिम डाइरेक्टर विषाखा लक्ष्मी खड्का र एचआर म्यानेजर सुकान्त अधिकारीले अवार्ड ग्रहण गरे ।
एनसेलले नेपालको आर्थिक, सामाजिक र सूचना प्रविधि क्षेत्रमा योगदान पुर्याउँदै २०८०/८१ आर्थिक वर्षसम्म ३२० अर्ब रुपैयाँभन्दा बढी कर राज्यलाई योगदान गरेको छ । यसैगरी, व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत दुई अर्ब रुपैयाँभन्दा बढीका परियोजनाहरू सञ्चालन गरी सामाजिक विकासमा योगदान गरेको छ ।