close

१८ वर्ष उमेर पुगेपछि मात्रै बाइकको ड्राइभिङ लाइसेन्स पाइने, नवीकरण अवधि १० वर्ष

टेकपाना टेकपाना

फागुन १७, २०८१ १४:२०

१८ वर्ष उमेर पुगेपछि मात्रै बाइकको ड्राइभिङ लाइसेन्स पाइने, नवीकरण अवधि १० वर्ष

काठमाडौं । अब १८ वर्ष पूरा नगरेका व्यक्तिहरूलाई मोटरसाइकल र साना सवारीका लागि चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) नदिइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको ‘सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ अनुसार अब १८ वर्षभन्दा कम उमेर भएका व्यक्ति सवारी साधनको लाइसेन्सका लागि अयोग्य ठहरिनेछन् ।

यसअघि १६ वर्ष पुगेपछि साना र तीन पाङ्ग्रे सवारीको लाइसेन्स पाइन्थ्यो । प्रस्तावित विधेयकमा ठूला सवारीको लाइसेन्स पाउन २३ वर्ष मझौला सवारीको लाइसेन्स पाउन २१ वर्ष उमेर पूरा भएको हुनुपर्ने उल्लेख छ ।

यससँगै, सवारी चालक अनुमतिपत्रको नवीकरण अवधि पनि पाँच वर्षबाट बढाएर १० वर्ष तोकिएको छ ।

नयाँ विधेयकले व्यावसायिक सवारी चालक अनुमतिपत्रको लागि आठ कक्षा पास अनिवार्य गरेको छ । यसअघि व्यावसायिक लाइसेन्सका लागि शैक्षिक योग्यता तोकिएको थिएन । 

पछिल्लो अध्यावधिक: फागुन २०, २०८१ १३:४१