काठमाडौं । युगान्डामा चार देशीय महिला टी-२० सिरिज सुरु भएको छ । आज भइरहेको नेपाल र नामिबियाको खेलको क्रममा टिभी स्क्रिनमा नेपालको पुरानो झन्डा देखाइएको छ ।
स्क्रिनमा देखिएको स्कोरबोर्ड तथा वर्षाका कारण केहीबेर खेल रोकिँदा आयोजकले ६२ वर्षअघिसम्म प्रचलनमा रहेको नेपालको पुरानो झन्डा डिस्प्लेमा राखेको हो ।
विभिन्न अनलाइन स्रोत अध्ययन गर्दा स्क्रिनमा देखिएको उक्त झन्डा वि.स. १९८६ देखि २०१८ सालसम्म प्रयोगमा आएको पाइयो । उक्त झन्डामा अहिलेको राष्ट्रिय झन्डाको भन्दा फरक चन्द्रमा र सूर्य देखिन्छ ।
‘Sportsbox’ नामक युट्युब च्यानलमा खेलको प्रत्यक्ष प्रसारण भइरहेको छ ।