close

नेपाली बजारमा सीजीले भित्र्यायो बर्ली ब्रान्डका १७ नयाँ एयर कुलर

टेकपाना टेकपाना

चैत ४, २०८१ १६:२०

नेपाली बजारमा सीजीले भित्र्यायो बर्ली ब्रान्डका १७ नयाँ एयर कुलर

काठमाडौं । घरेलु उपकरण (होम अप्लायन्स) उत्पादन गर्ने भारतीय कम्पनी बर्लीले नेपाली बजारमा १७ मोडेलका नयाँ एयर कुलरहरू सार्वजनिक गरेको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा यी कुलर सार्वजनिक गरिएको हो ।

सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र बर्ली होम अप्लायन्सेसका प्रबन्ध निर्देशक चिराग शर्माले संयुक्त रूपमा नयाँ कुलर सार्वजनिक गरे । यी उत्पादनहरू प्रयोग गर्न सजिलो र मूल्यमा सस्तो भएको उल्लेख गर्दै बर्लीले नेपाली उपभोक्ताले मन पराउने विश्वास लिएको छ ।

बर्लीले नेपाली बजारमा तीन प्रमुख प्रकारका एयर कुलर प्रस्तुत गरेको छ । सानो कोठा वा ठाउँका लागि पर्सनल एयर कुलर, मध्यम आकारका कोठाका लागि दुई सिरिजअन्तर्गत पाँच मोडेलका टावर एयर कुलर र व्यावसायिक प्रयोगका लागि पाँच सिरिजअन्तर्गत १० मोडलका डेजर्ट एयर कुलर उपलब्ध छन् ।

यी एयर कुलरहरूको मूल्य १४ हजार ५७० रुपैयाँदेखि २४ हजार ३०० रुपैयाँसम्म तोकिएको छ । कम्पनीले आफ्नो ब्रान्डका कुलरहरू १२ महिनाभर प्रयोगमा ल्याउन सकिने बताएको छ । बर्लीका प्रबन्ध निर्देशक चिराग शर्माले मौसमअनुसार हिटर, एयर सर्कुलेसन, ह्युमिडिटी कन्ट्रोल र एयर प्युरिफायरको रूपमा पनि प्रयोग गर्न मिल्ने जानकारी दिए ।

एयर कुलरहरूमा स्वच्छ हावा सुनिश्चित गर्न ट्रिपल-लेयर हनीकम प्रविधि राखिएको छ । यस्तै, मोटरलाई सुरक्षित गर्न थर्मल ओभरलोड प्रोटेक्सन राखिएको र कम आवाज आउने भएकाले रातको समयमा पनि प्रयोग गर्न सकिने बताइएको छ । साथै, सबै एयर कुलरमा १२ महिनाको वारेन्टी दिइएको छ भने एसीभन्दा ९० प्रतिशत कम विद्युत खपत गर्ने दाबी गरिएको छ।

पछिल्लो अध्यावधिक: चैत ४, २०८१ १८:४