close

‘नेपाल सुपर लिग’ का टिकेट खल्ती र आइएमई पे मार्फत किन्न सकिने

टेकपाना टेकपाना

चैत ६, २०८१ १३:३४

‘नेपाल सुपर लिग’ का टिकेट खल्ती र आइएमई पे मार्फत किन्न सकिने

काठमाडौं । आगामी १६ चैतदेखि हुने तेस्रो संस्करणको ‘एनसेल नेपाल सुपर लिग’ का लागि खल्ती र आइएमई पे आधिकारिक टिकेटिङ पार्टनर बनेका छन् । यस सम्झौताअन्तर्गत एनएसएलका टिकेट खल्ती र आइएमई पे वालेटमार्फत डिजिटल वालेट, मोबाइल बैंकिङ र अनलाइन भुक्तानीका माध्यमहरू प्रयोग गरी किन्न सकिनेछ ।

एनएसएल नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित व्यावसायिक फुटबल लिग हो । यस संस्करणमा बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसी प्रतिस्पर्धा गर्नेछन् ।

एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीले खल्ती र आइएमई पेसँगको साझेदारीले टिकटिङ प्रक्रिया सहज बन्ने बताए ।

आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले खल्ती र एनएसएलसँग मिलेर आफूहरूले डिजिटल सोलुसन्सको माध्यमबाट फ्यान अनुभवलाई अझ राम्रो बनाउने लक्ष्य राखेको सुनाए ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले पनि एनएसएलसँग मिलेर यस रोमाञ्चक यात्रामा सहभागी हुन पाउँदा रोमाञ्चित भएको उल्लेख गर्दै डिजिटल टिकेटिङ सेवा मार्फत समर्थकहरूले झन् बढी अनुभव गर्न पाउने भनाइ राखे ।

पछिल्लो अध्यावधिक: चैत ६, २०८१ १३:४२