काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) सिजन ३ मा सहभागी ललितपुर सिटी एफसीलाई एनसेलले ‘पावर्ड बाई’ पार्टनरको रूपमा साथ दिने भएको छ । यस सम्बन्धमा बिहीबार एनसेल र ललितपुर सिटी एफसीबीच सम्झौता भएको छ ।
एनएसएलको तेस्रो सिजन यही शनिबारदेखि सुरु हुँदैछ, जसअन्तर्गत ललितपुर सिटी एफसीले आफ्नो पहिलो खेल साँझ ६ बजे काठमाडौं रेजर्स एफसीविरुद्ध खेल्नेछ ।
यस सिजनमा ललितपुर सिटी एफसीसहित सात टोलीहरू उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । अन्य क्लबहरूमा काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी र एफसी चितवन रहेका छन् ।
एनसेलका चीफ कमर्शियल अफिसर उमेर मोहसिनले भने, “एनएसएलसँगको सहकार्य र ललितपुर सिटी एफसीसँगको सम्झौताले खेलकुद र युवा प्रतिभा विकासमा हाम्रो प्रतिबद्धता झल्काउँछ । नेपाली फुटबललाई अझ उचाइमा पुर्याउन पाउँदा खुसी छौं ।”
एनसेल यसअघि नै एनएसएल सिजन ३ को प्रमुख प्रायोजक भइसकेको छ ।यो फ्रेन्चाइज फुटबल प्रतियोगिता आगामी वैशाख १३ गते समापन हुनेछ ।