close

रिभोल्ट ब्रान्डका ५ बिजुली बाइक नेपाली बजारमा, सुरुवाती मूल्य ३ लाख

टेकपाना टेकपाना

चैत ३१, २०८१ १९:२

रिभोल्ट ब्रान्डका ५ बिजुली बाइक नेपाली बजारमा, सुरुवाती मूल्य ३ लाख

काठमाडौँ । भारतीय ब्रान्ड रिभोल्टले नेपाली बजारमा पाँच मोडेलका बिजुली बाइक सार्वजनिक गरेको छ । एमभी दुगर ग्रुपले रिभोल्ट मोटर्ससँगको सहकार्यमा आइतबार काठमाडौंमा एक कार्यक्रमबीच यी बाइक सार्वजनिक गरेको हो ।

आरभी वन, आरभी वन प्लस, आरभी ब्लेज एक्स, आरभी ४०० बीआरजेड र आरभी ४०० गरी पाँच मोडेलका बाइक बजारमा उपलब्ध हुनेछन् । यी बाइकहरू मोबाइल एपमार्फत स्टार्ट, स्टप, लोकेसन ट्र्याकिङ, भ्वाइस कमान्डजस्ता सुविधासहित प्रयोग गर्न सकिने बताइएको छ ।

कम्पनीका अनुसार यी बाइकहरू एक पटकको फुल चार्जमा १५० किलोमिटर रेन्ज दिनेछन् भने ८० मिनेटमा ८० प्रतिशत चार्ज हुनेछन् । बाइकमा इको, स्पोर्ट र नर्मल गरी तीनवटा ड्राइभिङ मोडहरू उपलब्ध छन्।

आरभी वनको मूल्य दुई लाख ९९ हजार, आरभी वन प्लसको तीन लाख ४९ हजार, आरभी ब्लेज एक्सको तीन लाख ९९ हजार, आरभी ४०० बीआरजेडको चार लाख १९ हजार र आरभी ४०० को चार लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।

ग्राहकहरूले नक्सालको शोरुम र बालाजुको सर्भिस सेन्टरबाट यी बाइक खरिद गर्न सक्नेछन् । कम्पनीले ५.९९ प्रतिशत ब्याजदरमा २४ महिनाको किस्ताबन्दी सुविधा पनि उपलब्ध गराएको छ ।

रिभोल्टले सन् २०१७ देखि भारतीय बजारमा बिजुली बाइक बिक्री गर्दै आएको छ। हालसम्म भारतमा ५० हजार थान बाइक बिक्री भइसकेको छ ।

पछिल्लो अध्यावधिक: चैत ३१, २०८१ १९:१०