close

जम्बो बिजुली स्कुटरमा ५० हजार रुपैयाँसम्म छुट सहित अन्य उपहार

टेकपाना टेकपाना

चैत ३१, २०८१ २१:४४

जम्बो बिजुली स्कुटरमा ५० हजार रुपैयाँसम्म छुट सहित अन्य उपहार

काठमाडौँ । नेपाली नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै जम्बो इको भेहिकलले आफ्ना इलेक्ट्रिक स्कुटरमा आकर्षक छुट तथा उपहार योजना ल्याएको छ । कम्पनीले ‘नयाँ वर्ष धमाका अफर’ अन्तर्गत स्कुटर खरिद गर्दा रु ५० हजारसम्म नगद छुटका साथै विभिन्न उपहार उपलब्ध गराउने घोषणा गरेको हो ।

ग्राहक सुरक्षालाई प्राथमिकता दिँदै कम्पनीले स्कुटर खरिदकर्तालाई दुर्घटना बीमा तथा आईएसआई मापदण्डको हेलमेट समेत उपलब्ध गराउने जनाएको छ । साथै, स्कुटर खरिदलाई सहज बनाउन कम्पनीले स्पट फाइनान्सको समेत व्यवस्था गरेको छ ।

कम्पनीको मल्टी ब्रान्ड शोरुम काठमाडौं, भक्तपुर र ललितपुरलाई लक्षित गर्दै लोकन्थलीमा सञ्चालनमा रहेको छ । यी शोरुममार्फत लेभनिङ, एमडीकेए, ग्यारो, पियोर ईभी लगायतका विभिन्न ब्राण्डका इलेक्ट्रिक स्कुटर तथा सवारी चालक अनुमतिपत्र नभएकालाई लक्षित गर्दै विभिन्न मोडेलका इलेक्ट्रिक साइकलसमेत उपलब्ध गराइएको कम्पनीले जानकारी दिएको छ ।

जम्बो इको भेहिकलले बिक्रीपछि सर्भिस, ब्याट्री, मोटर, चार्जर लगायत स्पेयर पार्ट्स सहज र सुलभ दरमा उपलब्ध गराउँदै आएको छ । साथै, ग्राहकको सहजताका लागि होम सर्भिसको समेत व्यवस्था गरिएको कम्पनीका प्रतिनिधिले जानकारी दिए ।

हाल शोरुममार्फत ३५० वाटदेखि ३००० वाट मोटर क्षमता र ७२ भोल्टसम्मका इलेक्ट्रिक स्कुटर तथा साइकल बिक्री भइरहेको छ । स्कुटर तथा साइकलको मूल्य ६० हजारदेखि तीन लाख २० हजार रुपैयाँसम्म रहेको छ । नयाँ वर्ष अफर अन्तर्गत ती स्कुटर तथा साइकलमा छुट र उपहार पाइने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: चैत ३१, २०८१ २२:१०