काठमाडौँ । साओमीले नेपाली बजारमा नयाँ स्मार्टफोन रेड्मी ए५ सार्वजनिक गरेको छ । नियमित प्रयोगकर्ताको आवश्यकता ध्यानमा राखेर तयार पारिएको यो फोनले स्पष्ट फोटो, लामो ब्याट्री ब्याकअप, स्मुथ अपरेसन र आकर्षक डिजाइन उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
रेड्मी ए५ मा ३२ मेगापिक्सलको डुअल क्यामरा सिस्टम, ६.८८ इञ्चको १२० हर्ज रिफ्रेस रेट भएको डिस्प्ले, ५२०० एमएएच ब्याट्री र अक्टा-कोर प्रोसेसर जडान गरिएको छ । साथै, नाइट फोटोग्राफी, आइ कम्फर्ट डिस्प्ले, डाइनामिक मेमोरी एक्सपान्सन र मजबुत बनोटसमेत उपलब्ध रहेको कम्पनीको भनाइ छ ।
साओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वीले रेड्मी ए५ नेपाली बजारमा ल्याउन पाउँदा खुशी व्यक्त गर्दै स्टाइलिस डिजाइन, स्मुथ परफरमेन्स र भरपर्दो फोटोग्राफी फिचर भएको यो स्मार्टफोन सबै प्रयोगकर्ताका लागि पहुँचयोग्य मूल्यमा उपलब्ध हुने बताएका छन् ।
कम्पनीका अनुसार फोनको ३२ मेगापिक्सल एआई डुअल रियर क्यामराले प्रष्ट र डिटेल फोटो खिच्न सहयोग गर्छ । नयाँ क्यामरा वाटरमार्क फिचरले फोटोमा छुट्टै पहिचान दिने कम्पनीको दाबी छ । सेल्फीप्रेमीका लागि ८ मेगापिक्सल फ्रन्ट क्यामरा राखिएको छ, जसमा इनबिल्ट फिल लाइट फिचर पनि छ । यसले अँध्यारो स्थानमा समेत प्रष्ट र चम्किलो फोटो खिच्न सक्छ ।
६.८८ इञ्चको डिस्प्लेले १२० हर्ज एडेप्टिभसिङ्क रिफ्रेस रेट र २४० हर्ज टच स्याम्प्लिङ रेट प्रदान गर्छ । फोनको मोटाइ ८.२६ एमएम र तौल १९३ ग्राम रहेको छ । यो ओसियन ब्लु, स्यान्डी गोल्ड र मिडनाइट ब्ल्याक गरी तीन रंगमा उपलब्ध छ ।
५२०० एमएएच ब्याट्री जडान गरिएको यो फोनले १.४५ दिनसम्म ब्याट्री ब्याकअप दिने दाबी गरिएको छ । १५ वाट फास्ट चार्जिङ सपोर्टसमेत रहेको फोनमा युनिसक टी७२५० अक्टा–कोर प्रोसेसर प्रयोग गरिएको छ । ८ जीबीसम्म र्याम सपोर्ट हुने डाइनामिक मेमोरी एक्सपान्सन फिचरसहित यो फोनले दुई लाख ६० हजारभन्दा बढी एन्टुटु स्कोर प्राप्त गरेको कम्पनीले जनाएको छ ।
स्मार्टफोनले दुई वर्षको वारेन्टी प्रदान गर्नेछ । ३०० रोलर टेस्ट, १० हजार यूएसबी टेस्ट र पाँच हजार हेडफोन ज्याक टेस्ट पास गरेको कम्पनीको दाबी छ । एन्ड्रोइड १५ (गो एडिसन) मा चल्ने यो फोन ३ जीबी र्याम + ६४ जीबी स्टोरेज भेरियन्टको मूल्य रु १०,९९९ र ४ जीबी र्याम + १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य रु ११,९९९ तोकिएको छ । फोन देशभरका एमआई स्टोर र अधिकृत रिटेलरमार्फत उपलब्ध हुनेछ ।