काठमाडौँ । डेल टेक्नोलोजिज र आईटी ग्लोबल प्रालिको सहकार्यमा डेटा स्टोरेज र डेटा सुरक्षासँग सम्बन्धित एक कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रममा बैंकिङ, वित्तीय संस्था, निजी क्षेत्र र सार्वजनिक निकायका प्रतिनिधिहरूको सहभागिता थियो ।
कार्यक्रममा डेल टेक्नोलोजिजले डेटा व्यवस्थापन, सुरक्षा र डिजास्टर रिकभरीका क्षेत्रमा पुर्याएको प्रगति र उपलब्धिहरू प्रस्तुत गरेको थियो ।
डेल टेक्नोलोजिजबाट नेपाल टेरीटोरी डेभलपमेन्ट म्यानेजर बर्नार्ड खो, डेटा सेन्टर सेल्स एक्जिक्युटिभ स्याम चान र कस्टमर एक्सपेरियन्स इन्जिनियर वेंकटेश रामनले प्रस्तुति दिएका थिए । उनीहरूले डेलका अत्याधुनिक डेटा स्टोरेज प्रविधिहरूको माध्यमबाट सुरक्षित डेटा व्यवस्थापनको आवश्यकतासम्बन्धी जानकारी प्रस्तुत गरेका थिए ।
कार्यक्रममा डेलका इम्युटेवल र एयर ग्याप्ड प्रविधिको महत्त्वबारे पनि चर्चा गरिएको थियो ।
आईटी ग्लोबल प्रालिका प्रमुख कार्यकारी अधिकृत सुवास मानन्धरले भने, "आजको दिनमा डेटा सुरक्षा र डिजास्टर रिकभरीको महत्त्व झनै बढ्दो छ । डेल टेक्नोलोजीसँगको हाम्रो साझेदारीले ग्राहक र साझेदारहरूलाई डेटा सुरक्षासँग व्यापार निरन्तरताको सुनिश्चितता पनि प्रदान गरेको छ।"