close

अब अनलाइनबाटै स्वास्थ्य बीमा नवीकरण गर्न सकिने

टेकपाना टेकपाना

बैशाख २३, २०८२ ०:२

अब अनलाइनबाटै स्वास्थ्य बीमा नवीकरण गर्न सकिने

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले अबदेखि अनलाइनबाटै स्वास्थ्य बीमा नवीकरण गर्न सकिने व्यवस्था मिलाएको छ ।

एक सूचना जारी गर्दै बोर्डले खल्ती, इसेवा, कनेक्टआईपीएस जस्ता डिजिटल भुक्तानी माध्यमबाट बीमा सेवाको नवीकरण गर्न सकिने जानकारी दिएको हो ।

नवीकरण प्रक्रियाका लागि बीमित परिवारले नागरिक एपमा लिंक गरी आफ्नो विवरण अद्यावधिक गर्नुपर्नेछ । 

बोर्डले सम्भव भएसम्म बीमित परिवारलाई अनलाइनमार्फत आफ्नो स्वास्थ्य बीमा सदस्यता नवीकरण गर्न अनुरोध गरेको छ ।

 

पछिल्लो अध्यावधिक: बैशाख २३, २०८२ ०:२