काठमाडौँ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाईका विद्युतीय सवारी साधनहरूमा प्रि-बजेट अफर ल्याएको छ ।
सोमबारदेखि सुरु भएको यो अफर १४ जेठसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । यो अफर हु्न्डाईका कोना इलेक्ट्रिक, आयोनिक ५ र क्रेटा ईभीमा लागु हुनेछ ।
यस योजना अन्तर्गत, नयाँ हुन्डाई कोना इलेक्ट्रिक, आयोनिक ५ र क्रेटा इभी खरिद गर्ने ग्राहकलाई नि:शुल्क बीमा, सडक कर लगायत नगद छुटको व्यवस्था गरिएको छ ।
ग्राहकले हुन्डाईको कुनै पनि शोरुममा गएर यो अफर लाभ लिन सक्नेछन् । यो अफर नेपाली उपभोक्ताहरूको बीचमा विद्युतीय सवारी साधनको पहुँचलाई बढाउन डिजाइन गरिएको कम्पनीको भनाइ छ ।