नामी र सेरेस ईभीको बजेट लक्षित अफर, अन्नपूर्ण बेस क्याम्पसम्म हेलिकप्टर यात्रा
जेठ १३, २०८२ १८:२९
काठमाडौं । एमएडब्लू वृद्धि मोटर्सले डोङफेङ ब्रान्डअन्तर्गतका नामी र सेरेस ईभीहरूका लागि ‘इज अन वालेट’ नामक नयाँ योजना सार्वजनिक गरेको छ ।
जेठ ११ देखि १५ गतेसम्म लागु हुने यस अफरअन्तर्गत ग्राहकले यी ब्रान्डका ईभी किफायती मूल्यमा खरिद गर्न सक्नेछन् ।
कम्पनीका अनुसार यो अफर नेपालभरका सबै नामी र सेरेस शोरुमहरूमा उपलब्ध हुनेछ ।
योजनाअन्तर्गत ग्राहकले निम्न सुविधा प्राप्त गर्नेछन्:
-
७ किलोवाट प्लस ३.५ किलोवाट चार्जर
-
एक वर्षको अटो प्लस बीमा
-
एक वर्षको सवारी कर
-
निःशुल्क एक्सेसरिज
-
प्रत्येक टेस्ट ड्राइभमा विशेष उपहार
-
हरेक बुकिङमा माउन्टेन फ्लाइटको अवसर
यस योजना अवधिभर बुकिङ गर्ने चार भाग्यशाली ग्राहकले हेलिकप्टरमार्फत अन्नपूर्ण बेस क्याम्पसम्मको अविस्मरणीय यात्रा जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: जेठ १३, २०८२ १८:४२
