close

वायु प्रदूषण न्यूनीकरण गर्न विद्युतीय प्रविधिमा जोड, उद्योगलाई सहुलियत कर्जा

टेकपाना टेकपाना

जेठ १५, २०८२ १६:२०

वायु प्रदूषण न्यूनीकरण गर्न विद्युतीय प्रविधिमा जोड, उद्योगलाई सहुलियत कर्जा

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यका लगायत देशका प्रमुख सहरमा बढ्दो वायु प्रदूषण न्यूनीकरण गर्न कारखानामा विद्युतीय प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने भएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट संघीय संसदमा प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उक्त घोषणा गरेका हुन् ।

यसका लागि परम्परागत प्रविधिमा आधारित ब्वाइलर (बयर) लाई विद्युतीय प्रविधिमा रूपान्तरण गर्न निजी क्षेत्रलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने अर्थमन्त्री पौडेलले जानकारी दिए ।

“काठमाडौँ उपत्यका लगायत देशका प्रमुख सहरहरूमा वायु प्रदूषण न्यूनीकरण गर्न कारखानाहरूमा प्रयोग भइरहेको परम्परागत बयरलाई विद्युतीय प्रविधिमा रूपान्तरण गर्न निजी क्षेत्रलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराइनेछ,” अर्थमन्त्री पौडेलले बजेट भाषणमा भने ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८२ १६:२१