काठमाडौँ । सरकारले विश्वविद्यालय र निजी क्षेत्रसँगको सहकार्यमा हरित (ग्रिन) हाइड्रोजनको सम्भाव्यता अध्ययन गर्ने भएको छ । बिहीबार संघीय संसदमा आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यक्रम प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उक्त घोषणा गरेका हुन् ।
बजेट भाषणका क्रममा अर्थमन्त्री पौडेलले भने, “विश्वविद्यालय तथा निजी क्षेत्रसँगको सहकार्यमा ग्रिन हाइड्रोजनको सम्भाव्यता अध्ययन गरिनेछ । ग्रिन हाइड्रोजन उत्पादन गर्न स्वदेशी तथा विदेशी निजी लगानी आकर्षित गरिनेछ ।”
साथै सरकारले सौर्य तथा वायु ऊर्जालाई ब्याट्रीमा सञ्चय गरी राष्ट्रिय प्रणालीमा आबद्ध गरेमा जलाशययुक्त आयोजना सरह विद्युत खरिद सम्झौता (पीपीए) गर्ने व्यवस्था मिलाइने भएको छ ।
उनले भने, “सौर्य तथा वायु ऊर्जा ब्याट्रीमा सञ्चय गरी राष्ट्रिय प्रणालीमा आबद्ध गरेमा जलाशययुक्त आयोजना सरह विद्युत खरिद सम्झौता गर्ने व्यवस्था मिलाइनेछ ।”