close

घरघरमा विद्युतीय उपकरणको प्रयोग बढाउन सातै प्रदेशमा कम्प्लिट वायरिङ कार्यक्रम गरिने

टेकपाना टेकपाना

जेठ १५, २०८२ १६:५६

घरघरमा विद्युतीय उपकरणको प्रयोग बढाउन सातै प्रदेशमा कम्प्लिट वायरिङ कार्यक्रम गरिने

काठमाडौँ । घरायसी कामहरूमा विद्युतीय उपकरणको प्रयोग बढाउन सरकारले सातै प्रदेशमा कम्प्लिट वायरिङको पाइलट प्रोजेक्ट सञ्चालन गर्ने भएको छ ।

बिहीबार आर्थिक वर्ष २०८२/८३ को बजेट घोषणा गर्दै अर्थमन्त्री विष्णु पौडेलले ऊर्जाको घरायसी आवश्यकता विद्युतको माध्यमबाट पूरा गर्न हरेक प्रदेश गरी सात सहरमा कम्प्लिट वायरिङ पाइलट प्रोजेक्ट सञ्चालन गर्ने जानकारी दिएका हुन् ।

“परम्परागत ऊर्जा तथा एलपी ग्यासलाई प्रतिस्थापन गरी स्वच्छ तथा नवीकरणीय ऊर्जाको खपत बढाउन विद्युतीय चुलो लगायतका घरायसी उपकरणको उपयोगलाई प्रवर्द्धन गरिनेछ,” अर्थमन्त्री पौडेलले भने ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८२ १६:५७