close

साढे २ लाख विद्युतीय चुलो बाँड्दै सरकार

टेकपाना टेकपाना

जेठ १५, २०८२ १८:२६

साढे २ लाख विद्युतीय चुलो बाँड्दै सरकार

काठमाडौं । सरकारले परम्परागत ऊर्जाको खपत घटाउँदै स्वच्छ तथा नवीकरणीय ऊर्जा प्रवर्द्धन गर्ने उद्देश्यले आगामी आर्थिक वर्षमा ढाई लाख विद्युतीय चुलो वितरण गर्ने तयारी गरेको छ । बिहीबार संघीय संसदमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै विद्युतीय चुलो प्रवर्द्धन गर्ने बताएका हुन् ।

यस कदममार्फत एलपी ग्यासलाई प्रतिस्थापन गर्दै विद्युतीय उपकरणको प्रयोगलाई प्रोत्साहन गरिने बताइएको छ । “परम्परागत ऊर्जा र एलपी ग्याँसलाई प्रतिस्थापन गरी स्वच्छ तथा नवीकरणीय ऊर्जाको खपत बढाउन विद्युतीय चुलो लगायतका घरायसी उपकरणहरूको उपयोगलाई प्रवर्द्धन गरिनेछ,” अर्थमन्त्री पौडेलले भने ।

यसका साथै ऊर्जाको घरायसी आवश्यकता विद्युतीय माध्यमबाट पूरा गर्न सात प्रदेशका सात सहरमा ‘कम्प्लिट वाइरिङ्ग पाइलट प्रोजेक्ट’ सञ्चालन गरिने योजना पनि सरकारले अघि सारेको छ ।

सरकारी तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको अन्त्यसम्ममा अनुमानित एक लाख विद्युतीय चुलो वितरण गरिएको छ । यसैको निरन्तरता स्वरूप आगामी आर्थिक वर्षमा थप दुई लाख ५० हजार युनिट विद्युतीय चुलो वितरण गर्ने लक्ष्य लिएको सरकारले जनाएको छ ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८२ १८:२८