काठमाडौँ । आर्थिक वर्ष २०८२/०८३ मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि सात अर्ब ७२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार बजेट वक्तव्यमार्फत उक्त बजेट विनियोजन गरेका हुन् ।
उनका अनुसार मन्त्रालयमार्फत साइबर सुरक्षा जोखिम न्यूनीकरण गर्न आवश्यक पूर्वाधार र जनशक्ति तयार गर्नेदेखि सुरक्षा मुद्रण केन्द्रको पूर्वाधार निर्माण सम्पन्न गरी मुद्रण कार्य प्रारम्भ गर्नेसम्मका काम हुनेछन् । हुलाक कार्यालयलाई क्रमशः स्मार्ट हुलाकमा विकास गर्ने योजना पनि ल्याइएको छ ।