काठमाडौँ । एसुस नेपालले नेपाली बजारमा ‘कोपाइलट प्लस पीसी’ (Copilot+ PC) सिरिज विस्तार गरेको छ । कम्पनीले हालै एआई प्रविधिमा आधारित एसुस जेनबुक एस१६ (S16-UM5606KA) र २०२५ संस्करणका भिभोबुक १४ र १६ ल्यापटप भित्र्याएको हो ।
नयाँ जेनबुक एस१६ मा एमएमडी राइजेन एआई ३५० प्रोसेसर प्रयोग गरिएको छ । यसले ५० टीओपीएस एआई पर्फर्मेन्स दिने कम्पनीको भनाइ छ ।
१.१ सेन्टिमिटर पातलो यस ल्यापटपमा १६ इन्चको थ्रीके १२० हर्जको ओलेड डिस्प्ले, चिसो राख्न मिल्ने कुलिङ प्रणाली र सेराल्युमिनियमले बनेको लिड छ ।
एसुसका पछिल्ला भिभोबुक १४ र भिभोबुक १६ ल्यापटपमा इन्टेल कोर अल्ट्रा फाइभ (सिरिज टु) प्रोसेसर तथा इन्टिग्रेटेड एनपीयू (न्युरल प्रोसेसिङ युनिट) रहेको छ । यसले दैनिक एआई काम छिटो र सहज बनाउन सहयोग पुर्याउने कम्पनीले उल्लेख गरेको छ ।
भिभोबुक १४ र १६ मा क्रमशः १४ इन्च र १६ इन्चको फुल एचडी आईपीएस डिस्प्ले रहेको छ ।
नयाँ कोपाइलट प्लस ल्यापटपहरूले उच्च प्रदर्शन, लामो ब्याट्री लाइफ, सुरक्षा र सहजता प्रदान गर्ने कम्पनीको दाबी छ । कम्पनीले एआई-इनेबल्ड प्रविधिलाई थप प्रयोगकर्तामैत्री बनाउँदै नेपाली बजारमा डिजिटल रुपान्तरणलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको जनाएको छ ।
एसुस जेनबुक एस१६ बारे थप बुझ्न यहाँ, भिभोबुक १४ बारे बुझ्न यहाँ र भिभोबुक १४ बारे बुझ्न यहाँ क्लिक गर्नुहोस् ।