close

नेपालमा स्मार्ट ईभी चार्जिङ नेटवर्क बनाउँदै ह्वावे, हेटौंडाबाट सुरुवात

टेकपाना टेकपाना

जेठ २६, २०८२ १४:४७

नेपालमा स्मार्ट ईभी चार्जिङ नेटवर्क बनाउँदै ह्वावे, हेटौंडाबाट सुरुवात

काठमाडौँ । ह्वावेले नेपालमा स्मार्ट ईभी चार्जिङ नेटवर्कको सुरुवात गरेको छ । गाडी चार्ज प्रालि र नेपाल एकरात इन्जिनियरिङ कम्पनीसँगको सहकार्यमा ह्वावेले हेटौंडाबाट आफ्नो पहिलो ‘फ्युजन चार्ज’ स्टेसन सञ्चालनमा ल्याएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उक्त चार्जिङ स्टेसन उद्घाटन गरे । यही २०२५ भित्र देशभर थप ९ स्थानमा स्मार्ट चार्जिङ स्टेसन विस्तार गर्ने ह्वावेको​ योजना छ ।

‘फ्युजन चार्ज’ ह्वावेको नयाँ पुस्ताको स्मार्ट ईभी चार्जिङ प्रविधि हो । यसले सौर्य ऊर्जा, ऊर्जा भण्डारण प्रणाली र ग्रिडमैत्री प्रविधि एकीकृत गरी ५०० किलोवाटसम्मको अल्ट्रा-फास्ट चार्जिङ सुविधा दिने कम्पनीको दाबी छ ।

ह्वावेका अनुसार यो प्रविधि व्यक्तिगत सवारीदेखि सार्वजनिक फ्लिटसम्म सबैखाले सवारी चार्ज गर्न उपयुक्त छ । साथै -३५ डिग्री सेल्सियसदेखि ४५ डिग्री सेल्सियससम्मको तापक्रममा पनि सुरक्षित रुपमा काम गर्न सक्ने, ८० प्रतिशतसम्म पावर इफिसियन्सी दिने, १० वर्षभन्दा बढी आयु हुने र ५० डेसिबलभन्दा कम आवाजमा सञ्चालन हुने जनाइएको छ ।

फ्युजन चार्जले ओटीए (OTA) अपडेट, स्मार्ट  म्यानेजमेन्ट, पिक-सेभिङ र भीपीपी (भर्चुअल पावर प्लान्ट)-रेडी जस्ता विशेषता पनि सपोर्ट गर्ने कम्पनीको भनाइ छ । 


 

पछिल्लो अध्यावधिक: जेठ २६, २०८२ १५:१३