close

अब झुक्किनु पर्दैन ! एप्पलका सबै सफ्टवेयरको नाम एउटै भर्जन नम्बरमा

टेकपाना टेकपाना

जेठ २७, २०८२ १०:१

अब झुक्किनु पर्दैन ! एप्पलका सबै सफ्टवेयरको नाम एउटै भर्जन नम्बरमा

काठमाडौँ । एप्पलले आफ्ना अपरेटिङ सिस्टमहरूको नामकरण प्रणालीमा ठुलो परिवर्तन गरेको छ । अबदेखि आईओएस, म्याकओएस, आईप्याडओएस, वाचओएस, टिभीओएस र भिजनओएस जस्ता सफ्टवेयर पुरानोजस्तो ‘भर्जन नम्बर' अनुसार नभई ‘वर्ष’ अनुसार चिनिने भएका छन् ।

कम्पनीले सोमबार भएको डेभलपर्स सम्मेलन (डब्लूडब्लूडीसी)को उद्घाटन सत्रमा यो घोषणा गरेको हो । नयाँ प्रणालीअनुसार यस वर्षका आईफोनहरूमा आईओएस २६, कम्प्युटरहरूमा म्याकओएस ताहो २६ र अन्य डिभाइसहरूमा क्रमशः आईप्याड ओएस २६, वाचओएस २६, टिभी ओएस २६ र भिजनओएस २६ आउनेछन् । 

अबदेखि हरेक वर्ष सबै सफ्टवेयर संस्करणको नम्बर एउटै हुनेछ । यसबाट कुन डिभाइसमा हालको संस्करण चलिरहेको छ भन्ने बुझ्न सजिलो हुने विश्वास गरिएको छ ।

यो परिवर्तन पुरानो प्रणालीको तुलनामा सरल भएको एप्पलको भनाइ छ । अघिल्लो प्रणालीमा एउटै समयमा आईओएस १८, वाचओएस ११, भिजनओएस २ जस्ता फरक-फरक भर्जनहरू हुँदा भ्रम उत्पन्न हुने गरेको थियो   ।

यस परिवर्तनको सम्भावना गत मे महिनामै सार्वजनिक भएको थियो ।

पछिल्लो अध्यावधिक: जेठ २७, २०८२ १०:३१