काठमाडौँ । टिकटकमा १६ करोडभन्दा बढी फलोअर भएका चर्चित स्टार खाबी लेमलाई अमेरिकाबाट निकालिएको छ । अमेरिकाको अध्यागमन तथा भिसा नियम उल्लंघन गरेको भन्दै उनलाई यूएस इमिग्रेसन एन्ड कस्टम्स इनफोर्समेन्ट (आईसीई) ले हिरासतमा लिएर देश निकाला गरेको हो ।
२५ वर्षीय खाबी लेमलाई जुन ६ मा लस भेगासस्थित ह्यारी रिड अन्तर्राष्ट्रिय विमानस्थलबाट हिरासतमा लिइएको अमेरिकी अधिकारीहरूले बताएका छन् । उनी ३० अप्रिलमा अमेरिका प्रवेश गरेका थिए । तर आफ्नो भिसाको समयसीमा नाघेपछि पनि अमेरिकामै बसेपछि आईसीईले उनलाई ६ जुनमा नियन्त्रणमा लिएको थियो ।
आईसीईको आधिकारिक वक्तव्यअनुसार, लेमलाई स्वेच्छिक रूपमा अमेरिका छोड्न भनिएकोमा त्यसै दिन बाहिरिएका थिए । यद्यपि, डिपोर्टेसनको घटनापछि पनि खाबीले सामाजिक सञ्जालमा नियमित रूपमा सामग्री पोस्ट गरिरहेका छन् । ७ जुनमा उनको नयाँ भिडिओ टिकटकमा देखिएको थियो भने इन्स्टाग्राम स्टोरीमा भेनिस बिच जस्तो देखिने दृश्य देखिएको थियो ।यसले उनका फ्यानहरूबिच अन्योल निम्तिएको छ ।
खाबीको नाम अमेरिकी अध्यागमन प्रणालीको डेटाबेसबाट पनि हटाइएको छ । यो प्रकरण राष्ट्रपति डोनल्ड ट्रम्पको पुनः कार्यकाल सुरु भएपछि कडा गरिएको अध्यागमन नीतिसँग जोडिएको देखिएको छ । ट्रम्प प्रशासनले पुनः कडाइका साथ अध्यागमन नीति लागु गर्दा हजारौं व्यक्तिले अमेरिका छोड्नुपरेको छ ।
🚨BREAKING: President Trump's ICE just officially arrested far-left TikToker, Khaby Lame, whom I reported as an illegal alien.
According to the official DHS website, he's currently being held at the Henderson Detention Center and is in ICE CUSTODY. pic.twitter.com/5aBzlndlH0
सेनेगलमा जन्मिएका र इटालीमा हुर्केका लेम सन् २०२२ मा इटालीका नागरिक बनेका थिए । सन् २०२० मा कोरोना महामारीको सुरुवातमा कारखानाबाट निकालिएपछि उनले टिकटक यात्रा सुरु गरेका थिए । शब्दविनाको कमेडीसहितका भिडिओबाट उनी रातारात चर्चित बनेका थिए ।