close

पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न बागमती प्रदेश सरकारले कन्टेन्ट क्रियटर र भ्लगर परिचालन गर्ने

टेकपाना टेकपाना

असार २, २०८२ १५:३०

पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न बागमती प्रदेश सरकारले कन्टेन्ट क्रियटर र भ्लगर परिचालन गर्ने

काठमाडौँ । बागमती प्रदेश सरकारले कन्टेन्ट क्रियटर र भ्लगरहरूलाई परिचालन गर्ने कार्यक्रम अघि सारेको छ । आइतबार प्रदेश सभा बैठकमा चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले यस किसिमको कार्यक्रम ल्याएका हुन् ।

प्रदेशभित्र रहेका प्रमुख पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्न स्वदेशी तथा विदेशमा रहेका पर्यटनसँग सम्बन्धित कन्टेन्ट क्रियटर र भ्लगरहरूलाई परिचालन गरिने मन्त्री काफ्लेले बताए ।

“छिमेकी मुलुकका पर्यटकलाई लक्षित गरी पर्यटन प्रवर्द्धनका विशेष प्याकेज सञ्चालन गरिनेछ । बागमती पर्यटन डिजिटल अभियान मार्फत पर्यटकीय स्थलहरूको प्रचार प्रसार गरिनेछ,” बजेट प्रस्तुत गर्ने क्रममा मन्त्री काफ्लेले भने ।

यस्तै बागमती प्रदेशभित्र रहेका मूर्त र अमूर्त सांस्कृतिक सम्पदाहरूको जगेर्ना तथा प्रवर्द्धन गरिने र बालबालिकाहरूलाई उनीहरूको मातृभाषा प्रवर्द्धनका लागि विभिन्न श्रव्यदृश्य कार्यक्रम तथा पाठ्यसामग्री निर्माणका लागि समेत बजेट छुट्याएको छ । समग्रमा बागमती प्रदेशको संस्कृति तथ पर्यटन मन्त्रालयका लागि तीन अर्ब ६७ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

 

पछिल्लो अध्यावधिक: असार २, २०८२ १५:३०