close

खल्तीमा मर्जर भएसँगै अब के हुन्छ आइएमई पेमा रहेको तपाईँको रिवार्ड पोइन्ट ?

टेकपाना टेकपाना

साउन १, २०८२ ११:४८

खल्तीमा मर्जर भएसँगै अब के हुन्छ आइएमई पेमा रहेको तपाईँको रिवार्ड पोइन्ट ?

काठमाडौँ । दुई डिजिटल वालेट कम्पनी खल्ती र आइएमई पे मर्ज भएर (गाभिएर) आज बिहीबार, १ साउनदेखि एक बनेका छन् । दुवै वालेटहरूको डेटा खल्तीमा इन्टिग्रेट (एकीकृत) गर्ने काम पूरा भइसकेको छ । 

दुवै वालेट प्रयोग गरिरहेका ग्राहक तथा आइएमई पे मात्रै प्रयोग गर्ने ग्राहक आफैँले खल्तीमा आफ्नो अकाउन्ट स्थानान्तरण गर्न सक्छन् । यसरी आफ्नो अकाउन्ट स्थानान्तरण गर्ने विषयमा प्रयोगकर्तामा अन्योलता पनि छाइरहेको छ । 

त्यस्तै अन्योल मध्येको एक हो, रिवार्ड पोइन्ट । आइएमई पे वालेटका प्रयोगकर्तालाई आफ्नो रिवार्ड पोइन्ट अब के हुन्छ भन्ने लागिरहेको हुन सक्छ । यस्तो पोइन्टका विभिन्न फाइदा हुने भएकाले प्रयोगकर्ताका लागि यो एउटा चासोको विषय पनि हो ।

खाता मर्ज भइसकेपछि धेरै फिचरहरू पनि मर्ज हुँदैछन् । यसै क्रममा रिवार्ड पोइन्ट पनि मर्ज हुने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार अकाउन्ट मर्ज गरेसँगै आइएमई पेको रिवार्ड पोइन्ट खल्तीको रिवार्ड पोइन्टमा थप हुनेछ । (आफ्नो आइएमई पे वालेटलाई खल्तीमा मर्ज गर्ने तरिका थाहा पाउन यहाँ क्लिक गर्न सक्नु हुनेछ ।)

यसअघि खल्ती प्रयोग नगर्ने र आइएमई पे मात्रै चलाउने प्रयोगकर्ताको रिवार्ड पोइन्ट पनि अब खल्ती वालेटमै सर्नेछ । यससँगै प्रयोगकर्ताको पुरानो जम्मा भएको रकम, रकमको ब्याज, कारोबारको विवरण लगायत सबै खल्तीमा स्थानान्तरण हुने कम्पनीले जनाएको छ । 

पछिल्लो अध्यावधिक: साउन २, २०८२ १३:३१