close

फोटोन र सोकोन ईभीको नाडा अफर: नगद छुटदेखि स्वास्थ्य बीमा र स्मार्ट टिभीसम्म उपहार

टेकपाना टेकपाना

भदौ २, २०८२ १८:७

फोटोन र सोकोन ईभीको नाडा अफर: नगद छुटदेखि स्वास्थ्य बीमा र स्मार्ट टिभीसम्म उपहार

काठमाडौँ । नाडा अटो शो २०२५ लाई लक्षित गर्दै विभिन्न अटोमोबाइल ब्रान्डहरूले आफ्ना योजनाहरू सार्वजनिक गर्न थालेका छन् । यसै क्रममा फोटोन टुनल्यान्ड, माउन्टेन ईभी भ्यान, टीएम१ र सोकोन ईभी भ्यानका लागि विशेष छुट र भ्यालु एडेड प्याकेजहरू घोषणा गरिएको छ । 

भोलिदेखि ६ दिनसम्म चल्ने प्रदर्शनीमा गाडी खरिदकर्तालाई आकर्षित गर्न कम्पनीले चार ओटै मोडेलमा छुटको घोषणा गरेको छ । जसमध्ये केही छुटहरू प्रदर्शनी स्थलमै मात्र खुलासा गरिने छ ।

फोटोनको टीएम१ (TM1) मा भने उल्लेख्य नगद छुट दिइएको छ । यसको मूल्य ३३ लाख ७४ हजार रुपैयाँबाट घटाएर २६ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । त्यसैगरी, फोटोन माउन्टेन ईभी र सोकोन ईभी भ्यानमा पनि नाडा अटो शो अवधिभर विशेष छुट र अफरहरू उपलब्ध हुने कम्पनीले जनाएको छ । फोटोन टुनल्यान्ड पिकअपको छुटबारे भने प्रदर्शनीमा नै जानकारी दिइने कम्पनीले जनाएको छ ।

नाडा अटो शोमा फोटोन माउन्टेन ईभी, फोटोन टीएम१ वा सोकोन ईभी भ्यान बुक गर्ने ग्राहकले बुकिङ उपहारका साथै एक वर्षको पूर्ण बीमा र क्यासलेस बीमाको ग्यारेन्टी प्राप्त गर्नेछन् । खरिद प्रक्रियालाई सहज बनाउन यी तीन ओटै मोडेलमा सरल फाइनान्स सुविधा पनि उपलब्ध गराइने पनि कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

यी अफरका अतिरिक्त हरेक ब्रान्डले आफ्नै विशेष योजनाहरू पनि ल्याएका छन् । फोटोन टुनल्यान्ड पिकअपको खरिदमा ग्राहकले ‘ट्राङ्क्विलिटी स्पा’को अनुभव वा भाटभटेनी सुपरमार्केटको रु. २५,००० बराबरको शपिङ कुपनमध्ये एक रोज्न पाउनेछन् । साथै, तीन वर्षसम्म पार्ट्ससहितको निःशुल्क मर्मतसम्भार सेवा र चालकको परिवारका लागि स्वास्थ्य बीमा पनि उपलब्ध हुनेछ ।

त्यस्तै, फोटोन माउन्टेन ईभी भ्यानको खरिदमा नगद छुटका साथै ५५ इन्चको स्मार्ट टिभी, पार्ट्ससहित पाँच पटकसम्म निःशुल्क सर्भिसिङ र एक सेट फ्रन्ट ब्रेक सुज उपहारस्वरूप प्रदान गरिनेछ । सोकोन ईभी भ्यानको खरिदमा पनि आकर्षक छुटसँगै ५५ इन्चको स्मार्ट टिभी दिइने कम्पनीले जनाएको छ ।

यी उपहार, विस्तारित सर्भिस प्याकेज, बीमा र सरल फाइनान्स सुविधाले गाडी खरिद अनुभवलाई थप सहज र सुखद बनाउने कम्पनीको विश्वास छ ।

नाडा अटो शो २०२५ मा अवलोकनकर्ताले फोटोन टुनल्यान्ड पिकअपका लागि स्टल ‘ए७’, फोटोन माउन्टेन ईभी र टीएम१ का लागि स्टल ‘जे४’ तथा सोकोन ईभी भ्यानका लागि स्टल ‘जे६’ मा गएर गाडी अवलोकन तथा विशेष छुटबारे जानकारी लिन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: भदौ २, २०८२ १८:२३