close

नेपाल टेलिकमको आईपीटिभी सेवा अवरुद्ध

टेकपाना टेकपाना

बैशाख ८, २०८३ १२:५७

नेपाल टेलिकमको आईपीटिभी सेवा अवरुद्ध

काठमाडौँ । नेपाल टेलिकमको एनटी फाइबर अन्तर्गत उपलब्ध हुँदै आएको आईपीटिभी सेवामा समस्या देखिएको छ । मंगलबार एक सूचना जारी गर्दै कम्पनीले सेवा अवरुद्ध भएको जानकारी गराएको हो ।

टेलिकमका अनुसार सिस्टममा देखिएको प्राविधिक समस्याका कारण ग्राहकहरूले आईपीटिभी सेवा प्रयोग गर्न कठिनाइ भोगिरहेका छन् । समस्याको पहिचान गरी समाधानका लागि प्राविधिक टोलीले कार्य गरिरहेको कम्पनीको भनाइ छ ।

टेलिकमले सामाजिक सञ्जालमार्फत भनेको छ, "एनटी फाइबर अन्तर्गत आईपीटिभीमा प्राविधिक समस्या आएको तथा यथाशीघ्र समाधानका लागि कार्य भइरहेको हुनाले केही समय धैर्यताका लागि ग्राहकवर्गमा अनुरोध छ ।"

 

पछिल्लो अध्यावधिक: बैशाख ८, २०८३ १३:४९