काठमाडौँ । एनएमबि बैंकले नाडा अटो शो र आउँदै गरेका चाडपर्वलाई लक्षित गर्दै नयाँ अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकले वार्षिक ७.१३ प्रतिशतको ब्याजदरमा व्यक्तिगत सवारी साधन कर्जा उपलब्ध गराउने घोषणा गरेको हो ।
आफ्ना ग्राहकलाई गाडी खरिद गर्न सहज र सुलभ होस् भन्ने उद्देश्यले सीमित अवधिका लागि यो कर्जा योजना ल्याइएको बैंकले जनाएको छ । बैंकका अनुसार आवेदन प्रक्रियालाई पनि छिटो, सहज र लचिलो बनाइएको छ ।
यस अफरमार्फत वातावरणमैत्री सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्दै नेपालको दिगो तथा हरित भविष्य निर्माणमा सहयोग गर्ने लक्ष्य राखिएको छ ।
कर्जा योजनाबारे थप जानकारी लिन इच्छुक ग्राहकले भृकुटीमण्डपमा जारी नाडा अटो शोमा रहेको बैंकको स्टल नं ई-२४ मा वा आफ्नो नजिकको एनएमबि बैंकको शाखामा सम्पर्क गर्न सक्नेछन् । अटो शोमा बैंकका प्रतिनिधिहरूले सम्भावित ग्राहकहरूलाई आवश्यक जानकारी तथा सहयोग प्रदान गर्नेछन् ।
एनएमबि बैंकले हाल देशभरका २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
पछिल्लो अध्यावधिक: भदौ ३, २०८२ १६:३१
