close

‘दीपल एस०७ आईसीए’ मा रिसेल भ्यालु ग्यारेन्टी, बीमा, मर्मत, चार्जिङ र सडक दस्तुर पनि निःशुल्क

टेकपाना टेकपाना

भदौ ५, २०८२ १४:३६

‘दीपल एस०७ आईसीए’ मा रिसेल भ्यालु ग्यारेन्टी, बीमा, मर्मत, चार्जिङ र सडक दस्तुर पनि निःशुल्क

काठमाडौँ । एमएडब्लू वृद्धिले दीपल एस०७ आईसीएका लागि ‘एमएडब्लू-ग्यारेन्टेड बाई ब्याक’ योजना घोषणा गरेको छ । कम्पनीले नाडा अटो सो २०२५ को अवसरमा ग्राहकका लागि यो नयाँ योजना ल्याएको हो । 

यससँगै ग्राहकले ‘जिरो ओनरशिप कस्ट फर फाइभ इयर’ योजना पनि पाउने कम्पनीले जनाएको छ । यो योजना अन्तर्गत दीपल एस०७ खरिद गर्ने ग्राहकले आफ्नो ईभी बेच्न चाहेमा किनेको दोस्रो वर्षदेखि पाँचौँँ वर्षसम्ममा एमएडब्लूबाट ‘ग्यारेन्टेड बाई ब्याक भ्यालु’ पाउने उल्लेख छ । यसबाट दीपल एस०७ खरिद गर्ने ग्राहकको ‘कन्फिडेन्स’ बढ्नुका साथै ‘ब्याट्री लाइफ’ र ‘रिसेल भ्यालु’ को चिन्ताबाट मुक्त गर्ने अपेक्षा पनि एमएडब्लूले गरेको छ । 

जसअन्तर्गत दोस्रोदेखि पाँच वर्षसम्ममा दीपल एस०७ छोडेर एमएडब्लू वृद्धिको ‘पोर्टफोलियो’ मा भएका कुनै पनि कार खरिद गर्न चाहेमा ‘ग्यारेन्टेड रिसेल भ्यालु’ दिइनेछ । यो योजनासँगै ग्राहकले ‘जिरो अनरशिप कस्ट फर फाइभ इयर’ अर्थात् दीपल एस०७ चढ्दा पाँच वर्षसम्म कुनै खर्च नलाग्ने योजनाको पनि पाउने छन् ।

योजना अन्तर्गत ग्राहकले पाँच वर्षसम्म निःशुल्क ‘अटोप्लस इन्स्योरेन्स’, निःशुल्क ‘पिरियोडिक मेन्टिनेन्स’ र निःशुल्क चार्जिङ सुविधाका साथै निःशुल्क ‘रोडट्याक्स’ लगायतका सुविधा पनि पाउने कम्पनीले जनाएको छ ।

“हाम्रो उद्देश्य ग्राहकलाई पूर्ण शान्ति दिनु, ईभी किन्ने आत्मविश्वास बढाउनु र एस०७ आईसीए प्रति विश्वास बढाउनु हो । समग्रमा लक्जरी, स्टाइल र इनोभेसनले भरिएको ईभीको स्वामित्वलाई सहज बनाउनु हो,” एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने ।

‘बाई ब्याक ग्यारेन्टी’ र ‘जिरो अनरशिप कस्ट फर फाइभ इयर’ जस्ता दुई योजनाले लक्जरी ईभी सेग्मेन्टमा दीपल एस०७ आईसीको उपस्थितिलाई अझ बलियो बनाउने कम्पनीको अपेक्षा छ । 

पछिल्लो अध्यावधिक: भदौ ५, २०८२ १४:३६