close

८० हजार पुरस्कार राशि सहित ‘एसियन ह्याक २०२५’ हुँदै, यसरी बन्नुहोस् सहभागी

टेकपाना टेकपाना

भदौ ९, २०८२ १२:३५

८० हजार पुरस्कार राशि सहित ‘एसियन ह्याक २०२५’ हुँदै, यसरी बन्नुहोस् सहभागी

काठमाडौँ । एसियन स्कुल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी कलेजमा ‘एसियन ह्याक २०२५’ आयोजना हुने भएको छ । कार्यक्रम अन्तर्गत आगामी १९ भदौदेखि २१ भदौसम्म अन्तर क्याम्पस ह्याकाथन सञ्चालन हुन लागेको हो ।

ह्याकाथनमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूले तीनदेखि चार जनाको समूह बनाएर १६ भदौसम्ममा आफ्नो टोली दर्ता गर्न सक्नेछन् । अध्ययनरत क्याम्पसको आईडी कार्डसहित नि:शुल्क टोली दर्ता गर्न सकिने आयोजकले जनाएको छ ।

उक्त ह्याकाथनको थिम ‌खुला राखिएकाले विद्यार्थीहरूले आफ्नो आइडिया अनुसारको प्रोजेक्ट प्रस्तुत गर्न सक्नेछन् ।

एसियन ह्याक २०२५ को पहिलो दिन परामर्श कक्षा सञ्चालन हुनेछ । त्यसपछि २० भदौमा २८ घण्टे ह्याकाथन सञ्चालन हुनेछ । २१ भदौमा ह्याकाथनको प्रोजेक्ट प्रस्तुत गर्ने, विजेता छनोट तथा पुरस्कार राशि वितरण हुनेछ ।

विजेताहरूलाई कुल ८० हजार रुपैयाँको पुरस्कार राशि तोकिएको छ । जसमा शीर्ष स्थान हासिल गर्नेलाई ४० हजार रुपैयाँ, फस्ट रनर अपलाई २० हजार रुपैयाँ, सेकेन्ड रनर अपलाई १० हजार रुपैयाँ प्रदान गरिने छ । यस्तै उत्कृष्ट प्रस्तुति दिने टोलीले पाँच हजार र भविष्यमा उत्कृष्ट हुन सक्ने योजनालाई पाँच हजार पुरस्कारले सम्मान गरिने आयोजनकले जनाएको छ । 

एसियन ह्याक २०२५ मा सहभागिता जनाउन यहाँ क्लिक गरेर समूह दर्ता गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: भदौ ९, २०८२ १३:३