close

दशैँ-तिहारको अवसरमा राइडरलाई गिभअवेमा ईभी, बाइक र स्मार्टफोन दिँदै इनड्राइभ

टेकपाना टेकपाना

भदौ १२, २०८२ १७:४२

दशैँ-तिहारको अवसरमा राइडरलाई गिभअवेमा ईभी, बाइक र स्मार्टफोन दिँदै इनड्राइभ

काठमाडौँ । राइड शेयरिङ प्लेटफर्म इनड्राइभले दशैँ-तिहारको अवसरमा 'प्लाटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन सुरु गरेको छ । कम्पनीले ईभीदेखि स्मार्टफोनसम्मका उपहारसहितको गिभअवे आयोजना गर्न लागेको हो ।

इनड्राइभले आफ्ना ड्राइभर पार्टनरको कडा परिश्रम र समर्पणलाई विशेष रूपमा सम्मान र पहिचान गर्न यो क्याम्पेन ल्याइएको जनाएको छ । जसमा ग्रान्ड प्राइजमा ब्रान्ड न्यु टाटा एक्सप्रेस ईभी कार, टीभीएस रेइडर मोटरसाइकल र प्रिमियम ग्याजेटहरू रहेका छन् ।

ड्राइभर्स गिभअवेलाई दुई चरणमा विभाजन गरिएको छ । जसमा प्रति च्यालेन्जको आधारमा ९ भदौदेखि १५ भदौ, २०८२ सम्म र च्यालेन्ज थ्री विक्स १६ भदौदेखि ५ असोज, २०८२ सम्म रहेका छन् ।

उल्लिखित समयावधिमा प्लाटिनम स्टाटस कायम गर्ने चालकहरू साप्ताहिक पुरस्कारका लागि योग्य हुनेछन् । त्यस्तै सबै चरणमा प्लाटिनम स्टाटस कायम गर्ने चालकहरू ग्रान्ड प्राइजका लागि योग्य हुनेछन् । ड्राइभरहरूले जति धेरै राइड पुरा गर्नेछन्, त्यति नै धेरै पुरस्कार जित्ने सम्भावना बढ्ने कम्पनीले जनाएको छ ।

ग्रान्ड प्राइजमा क्याब ड्राइभरहरूका लागि टाटा एक्सप्रेस-टी ईभी रहेको छ भने बाइक राइडरहरूका लागि टीभीएस रेइडर राखिएको छ । त्यस्तै साप्ताहिक विजेताहरूका लागि स्मार्टफोन, स्मार्टवाच र इयरबड्स रहेका छन् । 

 

पछिल्लो अध्यावधिक: भदौ १२, २०८२ १८:२८