close

फेसबुकले नेपाली प्रयोगकर्तालाई दिन थाल्यो कन्टेन्ट मोनिटाइजेसन सुविधा

टेकपाना टेकपाना

भदौ १४, २०८२ १०:२६

फेसबुकले नेपाली प्रयोगकर्तालाई दिन थाल्यो कन्टेन्ट मोनिटाइजेसन सुविधा

काठमाडौँ । मेटाले नेपालका फेसबुक कन्टेन्ट क्रियटरलाई ‘कन्टेन्ट मोनिटाइजेसन’ को सुविधा उपलब्ध गराउन थालेको छ । यसै सातादेखि फेसबुकले यो सुविधा दिन थालेको हो ।

कन्टेन्ट मोनिटाइजेसन भनेको क्रियटरले फेसबुकबाट आम्दानी गर्न सक्ने एउटा माध्यम हो । यसअघि फेसबुकले इन-स्ट्रिम एड्स (भिडिओमा देखिने विज्ञापन) र स्टारको सुविधा दिँदै आएको थियो । अहिले इन-स्ट्रिम एड्सलाई पनि फेसबुकको कन्टेन्ट मोनिटाइजेसन अन्तर्गत राखिएको छ ।

कन्टेन्ट मोनिटाइजेसनको सुविधा पाएका फेसबुक पेज तथा प्रयोगकर्ताले अब पोस्ट हुने कन्टेन्ट, रिल्स, स्टाटस र स्टोरीबाट आम्दानी गर्न सक्नेछन् । केही प्रयोगकर्ताले यो सुविधा सुरु भएपछि नेपाली बैंक खातामै रकम पाउन थालेको दाबी गरेका छन् । 

यद्यपि, केही प्रयोगकर्तालाई भने कन्टेन्ट मोनिटाइजेसनबाट हुने आम्दानी पाउन पेआउट सेटअप गर्दा पेआउट नै डिसेबल हुने समस्या आएको अनुभव छ । हुन त त्यसअघि पनि केही क्रियटरले नेपालबाटै कन्टेन्ट मोनिटाइजेसन अन्तर्गत आम्दानी गर्न थालेको बताएका थिए । केहीले भने मेटाले यो सेवा उपलब्ध गराएको देशमा पेज उपलब्ध गराएर त्यहींबाट यो सुविधा प्रयोग गर्दै आएका थिए ।

सूचीकरणमा नआउने सामाजिक सञ्जाललाई देशभित्र निष्क्रिय पार्ने नेपाल सरकारको तयारीबिच मेटाले नेपाली प्रयोगकर्तालाई यस्तो सुविधा दिन थालेको हो ।

पछिल्लो अध्यावधिक: भदौ १४, २०८२ १०:३६