close

नेपाल टेलिकमको सीआरबीटी सेवामा समस्या, समाधानमा जुट्दै कम्पनी

टेकपाना टेकपाना

भदौ १७, २०८२ १७:५५

नेपाल टेलिकमको सीआरबीटी सेवामा समस्या, समाधानमा जुट्दै कम्पनी

काठमाडौँ । नेपाल टेलिकमले कलर रिङब्याक टोन (सीआरबीटी) सेवामा समस्या आएको छ ।

प्राविधिक समस्या देखिएपछि अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरिएको टेलिकमले जनाएको छ ।

कम्पनीका अनुसार अहिले समस्या समाधानको प्रयास भइरहेको छ ।

“यथाशीघ्र समस्या समाधानको प्रयास भइरहेकाले यसबाट ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति कम्पनी क्षमाप्रार्थी छ,” कम्पनीले भनेको छ ।

*समाचारको शीर्षक परिवर्तन गरिएको छ ।

 

पछिल्लो अध्यावधिक: भदौ १७, २०८२ १९:११