close

सामाजिक सञ्जाल प्रतिबन्धको निर्णयमा कांग्रेस सांसद रामहरि खतिवडाको विरोध

टेकपाना टेकपाना

भदौ १९, २०८२ १७:४६

सामाजिक सञ्जाल प्रतिबन्धको निर्णयमा कांग्रेस सांसद रामहरि खतिवडाको विरोध

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सूचीकृत नभएका सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने निर्णयको विरोध गरेका छन् । संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँगको कुराकानीमा सांसद खतिवडाले सामाजिक सञ्जालबाट नेपाली जनतालाई वञ्चित गराउने काम गर्न नहुने बताएका हुन् ।

संवादको माध्यमबाट सूचीकरण नभएका सामाजिक सञ्जालसँग कुराकानी गरेर विवाद समाधान गर्न उनले सरकारसँग आग्रह गरे । नागरिकहरुलाई सुसूचित हुने अधिकारबाट वञ्चित गराउन सरकार लाग्न नहुने भन्दै उनले संवादको माध्यमबाट विवाद समाधान गर्नुपर्नेमा जोड दिए ।

“मलाई विश्वास छ सरकारले केही दिनभित्रै सम्बन्धित सामाजिक सञ्जालहरुसँग कुराकानी गरेर नेपाली जनताहरुलाई सोसल मिडियाको पहुँचबाट टाढा राख्दैन,” खतिवडाले भने ।

 

पछिल्लो अध्यावधिक: भदौ १९, २०८२ १७:४६