close

सरकारको निर्देशनसँगै एनसेल नेटवर्कमा चल्न छोडे यी सामाजिक सञ्जाल

टेकपाना टेकपाना

भदौ १९, २०८२ १९:१६

सरकारको निर्देशनसँगै एनसेल नेटवर्कमा चल्न छोडे यी सामाजिक सञ्जाल

काठमाडौँ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत नभएका सामाजिक सञ्जाल आफ्नो नेटवर्कबाट नचल्ने बनाएको छ । 

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन निर्देशन दिएकाले ती प्लेटफर्महरु नचल्ने जानकारी गराएको हो । 

टिकटक, भाइबरलगायत अन्य सूचीकृत सामाजिक सञ्जाल प्लेटफर्म भने एनसेलको डेटामार्फत चलाउन सकिने छ ।

यी हुन् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बन्द गर्न भनेका सामाजिक सञ्जाल प्लेटफर्म:

  • फेसबुक

  • म्यासेन्जर

  • इन्स्टाग्राम

  • युट्युब

  • ह्वाट्सएप

  • ट्वीटर (एक्स)

  • लिंक्डइन

  • स्न्यापच्याट

  • रेडिट

  • डिस्कर्ड

  • पिन्ट्रेस्ट

  • सिग्नल

  • थ्रेड्स

  • वीच्याट

  • कोरा

  • टम्बलर

  • क्लब हाउस

  • मास्टोडन

  • रम्बल

  • मि वी

  • भिके

  • लाइन

  • इमो

  • जालो

  • सोल

  • हाम्रो पात्रो

पछिल्लो अध्यावधिक: भदौ १९, २०८२ १९:२७