close

सामाजिक सञ्जाल प्रतिबन्धप्रति हर्क साम्पाङको व्यङ्ग्य- ‘फोन चलाउन नजान्नेले एप कसरी बनाउलान् ?’

टेकपाना टेकपाना

भदौ १९, २०८२ १९:२९

सामाजिक सञ्जाल प्रतिबन्धप्रति हर्क साम्पाङको व्यङ्ग्य- ‘फोन चलाउन नजान्नेले एप कसरी बनाउलान् ?’

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति व्यङ्ग्य गरेका छन् । 

बिहीबार साँझ फेसबुकमा साम्पाङले सरकारले सामाजिक सञ्जाल बन्द गर्न नसक्ने टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जाल बन्द गर्ने भए सरकारले नै विकल्प दिनसक्नुपर्ने लेखेका छन् । 

“नेपाल सरकारले सामाजिक संजाल बन्द गर्न सक्दैन! कि त विकल्प दिनु परो जनतालाई ! Apps बनाउन सक्नु परो! फोन चलाउन त नजान्नेहरुले Apps बनाउलान भनेर कसरी भन्नु र फेरि!,” साम्पाङले फेसबुकमा लेखेका छन् ।

पछिल्लो अध्यावधिक: भदौ १९, २०८२ २०:२