close

अन्य प्लेटफर्म प्रतिबन्धमा परेपछि नेपाल टेलिकमले भाइबरमा खोल्यो कस्टमर केयर सेवा

टेकपाना टेकपाना

भदौ २०, २०८२ २१:५

अन्य प्लेटफर्म प्रतिबन्धमा परेपछि नेपाल टेलिकमले भाइबरमा खोल्यो कस्टमर केयर सेवा

काठमाडौँ । नेपाल टेलिकमले ग्राहक गुनासो र जिज्ञासा सम्बोधन गर्नका लागि भाइबरमा कस्टमर केयर सेवा सुरु गरेको छ । सूचीकरण नभएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लागेपछि टेलिकमले नयाँ विकल्पका रूपमा भाइबर कम्युनिटी सञ्चालनमा ल्याएको हो ।

यसका लागि 'Nepal Telecom Customer Care' नामको भाइबर कम्युनिटी ९७६५०११०८८ नम्बरमा सुरु गरिएको छ । यसअघि ग्राहकका गुनासा सुन्न र समाधानका लागि टेलिकमले विभिन्न सामाजिक सञ्जालका प्लेटफर्म प्रयोग गर्दै आएको थियो, जुन प्रतिबन्धका कारण प्रभावित भएका थिए । ​​

“आफ्ना जिज्ञासा तथा गुनासाको समाधानका लागि उक्त भाइबर कम्युनिटीमा जोडिनुहुन सम्पूर्ण ग्राहक महानुभावमा अनुरोध छ,” टेलिकमको विज्ञप्तिमा उल्लेख छ ।

भाइबर कम्युनिटीको लिङ्क ।​

पछिल्लो अध्यावधिक: भदौ २०, २०८२ २१:५