close

सामाजिक सञ्जाल प्रतिबन्धको चपेटामा ‘कमेडी दरबार’, युट्युबमा प्रसारण रोकियो

टेकपाना टेकपाना

भदौ २०, २०८२ २२:३३

सामाजिक सञ्जाल प्रतिबन्धको चपेटामा ‘कमेडी दरबार’, युट्युबमा प्रसारण रोकियो

काठमाडौँ । नेपाल सरकारले सूचीकरणमा नआउने सामाजिक सञ्जाल निष्क्रिय गर्ने निर्णय गरेपछि लोकप्रिय कमेडी कार्यक्रम ‘कमेडी दरबार’ पनि त्यसको प्रत्यक्ष मारमा परेको छ । हरेक शुक्रबार प्राइम टेलिभिजनमार्फत प्रसारण हुँदै आएको यो कार्यक्रम सरकारी प्रतिबन्धका कारण युट्युबमा अपलोड हुन नसकेको हो ।

कमेडी दरबारले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत एक सन्देश जारी गर्दै लेखेको छ, “सरकारको निर्णय हो, मान्ने बाहेकको विकल्प नै छैन, सामाजिक सञ्जाल (यूट्यूब सहित) मा प्रतिबन्ध लागेपछि जति नै गरेपनि जो सुकैले जति नै गुनासो गरेपनि हाम्रो कार्यक्रम “कमेडी दरबार” लाई युट्युबमा अपलाड गर्न सकिएन ।”

सरकारले दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गर्ने निर्णय गरेपछि युट्युब लगायतका विभिन्न प्लेटफर्ममा आधारित सामग्री उत्पादक तथा प्रयोगकर्ताहरू प्रभावित भएका छन् । यसै क्रममा ‘कमेडी दरबार’ जस्ता चर्चित कार्यक्रमहरू पनि प्रसारण हुन नपाउँदा दर्शकहरूले असन्तुष्टि जनाउन थालेका छन् ।

पछिल्लो अध्यावधिक: भदौ २०, २०८२ २२:३५