सामाजिक सञ्जाल प्रतिबन्धबारे देउवा: ‘ओलीजीले दर्ता गर् भन्या छ, बन्द गर् भन्या छैन’
भदौ २१, २०८२ १६:३९
काठमाडौँ । सत्तारूढ नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
विराटनगर विमानस्थलमा शनिबार पत्रकारहरूसँग कुराकानी गर्दै देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जाललाई दर्ता गरेर सञ्चालन गर्न भनेको, तर बन्द गर्न नभनेको प्रतिक्रिया दिएका छन् ।
“बन्द गर्न भन्या छैन । त्यो त दर्ता गर भनेको छ प्रधानमन्त्रीले । ओलीजीले दर्ता गर् भन्या छ । अदालतले पनि त्यही भनेर दर्ता गर् भनेको छ । के भो त ? बन्द गर् भन्या छैन,” उनले भने ।
सूचीकरणमा नआएको भन्दै सरकारले फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टाग्राम लगायतका प्लेटफर्म निष्क्रिय गराउन थालेपछि चौतर्फी आलोचना भइरहँदा देउवाले भने आफूले यसबारे धेरै बुझ्न नपाएको बताए ।
पछिल्लो अध्यावधिक: भदौ २१, २०८२ १९:०
