जेनजीले भोलि काठमाडौँ आयोजना गर्ने र्यालीलाई बालेनको समर्थन, उमेर बढी हुँदा आफू भने नजाने
भदौ २२, २०८२ १५:४८
काठमाडौँ । सामाजिक सञ्जाल प्रतिबन्धको विरुद्धमा जेनजीले सोमबार गर्ने भनेको र्यालीमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले समर्थन जनाएका छन् ।
आइतबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले आफू भने उमेर हदका कारण सहभागी हुन नसक्ने बताएका हुन् ।
जेनजी २८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई मानिने र आफ्नो उमेर त्यसभन्दा माथि भएको भन्दै बालेनले आफू सहभागी हुन नसक्ने बताएका छन् । “भोलि यो स्वतःस्फूर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, बहुला, अभियन्ता आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला,” उनले लेखेका छन्, “म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ । मेरो भरपुर समर्थन छ ।”
पछिल्लो अध्यावधिक: भदौ २२, २०८२ १६:३८


