वर्ल्डलिंकले भन्यो- नयाँ बानेश्वर क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध हुनसक्छ
भदौ २३, २०८२ १७:४४
काठमाडौँ । देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकको सेवा राजधानीको नयाँ बानेश्वरमा अवरुद्ध हुनसक्ने भएको छ । सोमबार बेलुका ग्राहकलाई सेवा अवरुद्ध हुन सक्ने भन्दै कम्पनीले मेसेज पठाएको हो ।
“नयाँ बानेश्वर क्षेत्रमा आन्दोलन भइरहेको हुँदा हाम्रो सेवा अवरुद्ध हुन सक्ने र सेवा सुचारु गर्न थप समय लाग्ने जानकारी गराउँदछौं,” कम्पनीले एसएमएसमा भनेको छ ।
पछिल्लो अध्यावधिक: भदौ २३, २०८२ १७:४४
