close

प्रहरीको बर्बर दमन, सिभिल अस्पताल छिरेरै सर्वसाधारणमाथि कुटपिट

टेकपाना टेकपाना

भदौ २३, २०८२ १८:१०

प्रहरीको बर्बर दमन, सिभिल अस्पताल छिरेरै सर्वसाधारणमाथि कुटपिट

काठमाडौँ । नयाँ बानेश्वर क्षेत्रमा चर्किएको जेन-जी आन्दोलनका क्रममा घाइतेहरूको उपचार भइरहेको सिभिल अस्पताल परिसरमा प्रहरीले सर्वसाधारणमाथि कुटपिट गरेका छन् ।

अस्पतालभित्रै भएको यस घटनापछि वातावरण तनावपूर्ण बनेको छ भने उपचारमा संलग्न स्वास्थ्यकर्मीहरू पनि त्रासमा काम गर्न बाध्य भएका छन् ।

सर्वसाधारणमाथि कुटपिट भएपछि अस्पताल परिसरमा नै डर र आतंक फैलिएको त्यहाँ उपचाररत एक बिरामीका आफन्तले टेकपानालाई जानकारी दिए ।

पछिल्लो अध्यावधिक: भदौ २३, २०८२ १८:११