close

जेन-जी आन्दोलनमा इटहरीमा २ जनाको मृत्यु, ५ जना घाइते

टेकपाना टेकपाना

भदौ २३, २०८२ १८:४५

जेन-जी आन्दोलनमा इटहरीमा २ जनाको मृत्यु, ५ जना घाइते

काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न ठाउँमा प्रदर्शन भएको जेन-जी आन्दोलनका क्रममा सुनसरीको इटहरीमा दुई जनाको मृत्यु भएको छ । मृतकको पहिचान खुल्न बाँकी छ ।

जिल्ला प्रहरी कार्यालयका एक अधिकारीका अनुसार सोमबार भएको प्रदर्शनमा सात जना घाइते भएका थिए । ती मध्ये धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा दुईको मृत्यु भएको हो ।  

जेनजी प्रदर्शनकारीहरूले सुनसरीको इटहरी उपमहानगर कार्यालयमा आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा आगजनी हुन लागेपछि प्रहरीले गोली प्रहार गरेको थियो । 

घाइतेहरूमध्ये चार जना विराट शिक्षण अस्पताल र एक जनाको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको ती अधिकारीले टेकपानालाई जानकारी दिए । 

पछिल्लो अध्यावधिक: भदौ २३, २०८२ १८:४९