जेन-जीमाथि गरिएको दमनको निष्पक्ष छानबिनसहित रास्वपाले माग्यो अर्ली इलेक्सन
भदौ २३, २०८२ १९:११
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेन-जी पुस्ताले आयोजना गरेको प्रदर्शनमा सरकारले गरेको बर्बर दमनको भर्त्सना गरेको छ ।
रास्वपाको सोमबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीना दिनुपर्ने माग गरेको छ । साथै घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गरेर गृहमन्त्री रमेश लेखकलगायतका सबै दोषीमाथि कडा कारबाही गर्न माग रास्वपाले गरेको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेको वर्चस्व रहेको वर्तमान संघीय संसदले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न असमर्थ भई वैधता गुमाएको निष्कर्षमा पुग्दै रास्वपाले ताजा जनादेश (Early Election) को मागसमेत गरेको छ ।
पछिल्लो अध्यावधिक: भदौ २३, २०८२ १९:११
