close

महावीर पुनको आईएसपीलाई आग्रह: ‘पापी सरकार’ को आदेश नमान, सामाजिक सञ्जाल खुलाऊ

टेकपाना टेकपाना

भदौ २३, २०८२ २३:२६

महावीर पुनको आईएसपीलाई आग्रह: ‘पापी सरकार’ को आदेश नमान, सामाजिक सञ्जाल खुलाऊ

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं अभियन्ता महावीर पुनले सरकारले बन्द गराएको सामाजिक सञ्जाल तत्काल खुलाउन सम्पूर्ण इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई आह्वान गरेका छन् । उनले ‘पापी सरकार’ को आदेशको भद्रताका साथ अवज्ञा गर्न आग्रह गर्दै यदि सरकारले कारबाही गरेमा त्यस विरुद्धको अभियानको नेतृत्व आफैं लिने घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै पुनले भनेका छन्, “सम्पूर्ण इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई म महावीर पुनको आह्वान- तपाईँहरूले पापी सरकारले बन्द गर्न बाध्य पारेको सोसल मिडियाहरू भद्रताका साथ आज्ञा उलंघन गर्दै तुरुन्त खोली दिन हुन विनम्र अनुरोध गर्दछु ।”

उनले थप लेखेका छन्, “यदि सरकारले तपाईँहरूलाई कुनै कारवाही गऱ्यो भने सरकारको विरुद्धमा लड्ने अभियानको नेतृत्व लिएर लड्न म तयार छु ।”

सोमबार जेएनजे प्रदर्शनमाथि भएको सरकारी दमन र सामाजिक सञ्जाल प्रतिबन्धको पृष्ठभूमिमा महावीर पुनले यस्तो स्टाटस लेखेका हुन् । 

पछिल्लो अध्यावधिक: भदौ २३, २०८२ २३:२६