काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई जेनजी आन्दोलनमा संलग्न प्रदर्शनकारीहरूले कुटपिट गरेका छन् ।
मंगलबार राजधानीमा भएको तीव्र प्रदर्शनका क्रममा उग्र बनेका युवाहरूले देउवा दम्पतीमाथि आक्रमण गरेका हुन् ।
यसअघि सिंहदरबार, संसद् भवनलगायतका शीर्ष नेताहरूका आवास क्षेत्रमा आगजनी गरिएको थियो । त्यस्तै, पार्टी कार्यालय र विभिन्न प्रहरी प्रभागहरूमा समेत निरन्तर तोडफोड र आगजनी भइरहेको छ ।
स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीहरूलाई सकस परिरहेको छ ।
पछिल्लो अध्यावधिक: भदौ २४, २०८२ १६:२०
