विदेशी पर्यटकलाई नेपाली सेनाले भन्यो: अलपत्र परे नजिकको सुरक्षा निकायमा सम्पर्क गर्नू
भदौ २५, २०८२ १३:७
काठमाडौँ । नेपाली सेनाले नेपालमा विभिन्न उद्देश्यले आएका विदेशी नागरिकहरूलाई उद्धार तथा सहायताका लागि नजिकको सुरक्षा निकायसँग सम्पर्क गर्न आग्रह गरेको छ ।
सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेको हो ।
नेपालमा विद्यमान जटिल परिस्थितिका कारण अल्पत्र अवस्थामा उद्धार लगायत कुनै पनि सहयोगको पर्खाइमा रहेका सबै विदेशी नागरिकहरूलाई नजिकको सुरक्षा निकाय वा नजिकै तैनाथ सुरक्षाकर्मीहरूसँग सम्पर्क गर्न अनुरोध गरिएको छ ।
सेनाले विदेशी नागरिकहरूसँग सम्बन्धित होटल, पर्यटन व्यवसायी वा अन्य संघसंस्थाहरूलाई समेत उद्धार तथा सहयोगका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिन आग्रह गरेको छ ।

पछिल्लो अध्यावधिक: भदौ २५, २०८२ १४:२५
