close

प्रचण्डलाई सुरक्षा खतरा देखाएर जंगी अड्डाले बाहिर निस्कन दिएन: माओवादी नेता

टेकपाना टेकपाना

भदौ २६, २०८२ २३:५६

प्रचण्डलाई सुरक्षा खतरा देखाएर जंगी अड्डाले बाहिर निस्कन दिएन: माओवादी नेता

काठमाडौँ । माओवादी केन्द्रका नेता तथा प्रतिनिधिसभा सदस्य माधव सापकोटाले पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई नेपाली सेनाको जंगी अड्डाले बाहिर निस्कन नदिएको दाबी गरेका छन् । फेसबुकमा एक पोस्ट राख्दै उनले सुरक्षा खताराको बहानामा जंगी अड्डाले बाहिर निस्कन नदिएको गुनासो गरे ।

सापकोटाले लेखेका छन्, "हाम्रो पार्टीका अध्यक्ष कमरेड प्रचण्डलाई हामीले हरेक दिन बाहिर जनताको बीचमा ल्याउन कोसिस गर्‍यौँ । तर सुरक्षा खतराको बहानामा जङ्गी अड्डाले निस्कन नदिएको सत्य हो ।"

नेता सापकोटाले देशको वर्तमान परिस्थितिलाई 'गम्भीर' भन्दै जंगी अड्डाले नेपालको वास्तविकता र अग्रगमनलाई चुनौती दिई राष्ट्रिय सङ्कट निम्त्याइरहेको आरोप लगाएका छन् । उनले अन्य पक्षका विषयमा अहिले कुरा नगर्ने पनि उल्लेख गरेका छन् ।

सापकोटाले जुनसुकै सङ्कटको अवस्थामा पनि आफूहरू विचलित नभई नेपाली जनताको सार्वभौमिकताको रक्षाका लागि निरन्तर लडिरहने प्रतिबद्धता व्यक्त गरे ।

पछिल्लो अध्यावधिक: भदौ २६, २०८२ ०:३