close

जेनजी आन्दोलनपछि घटेको शेयर बजार सुधार्न सरकारी पहल, उकास्ला लगानीकर्ताको मनोबल ?

टेकपाना टेकपाना

असोज ३, २०८२ १६:२०

जेनजी आन्दोलनपछि घटेको शेयर बजार सुधार्न सरकारी पहल, उकास्ला लगानीकर्ताको मनोबल ?

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले शेयर बजार सुधारका लागि कार्यदल गठन गरेका छन् । मन्त्री खनालले तत्काल लगानीकर्ताको मनोबल बढाउन चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारका लागि सुझाव र ठोस कार्यान्वयन कार्ययोजना पाँच दिन भित्र पेस गर्ने गरी धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा कार्यदल गठन गरेका हुन् ।

कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्जका कामु कार्यकारी निर्देशक निरञ्जन फुयाँल सदस्य छन् । अर्थ मन्त्रालयका उपसचिव शरद निरौलालाई सदस्य सचिव बनाइएको छ । 

२३ र २४ भदौमा जेनजी पुस्ताले गरेको आन्दोलन हिंसात्मक बनेपछि शेयर बजार बन्द भएको थियो । आन्दोलनले केपी शर्मा ओलीको सत्ता च्युत गरेपछि शेयर बजार बिहीबार मात्रै खुलेको थियो ।

हिजो खुलेको शेयर बजार १६० अङ्कले घटेर २५११ विन्दुमा आएको छ । पछिल्लो आन्दोलनका कारण लगानीकर्ताको मनोबलमा ह्रास आएको र सुधारको आवश्यकता औंल्याउँदै अर्थमन्त्री खनालले कार्यदल गठन गरेका हुन् ।    

पछिल्लो अध्यावधिक: असोज ३, २०८२ १६:२४